एक पछि अर्को ब्लकबस्टर चलचित्र दिइरहेका बलिउड अभिनेता अक्षय कुमार नयाँ चलचित्रको तयारीमा छन् । उनी यति बेला चलचित्र 'बेल बटम'को तयारीमा जुटेका छन् । चलचित्रकी मुख्य अभिनेत्री फाइनल गरिएको छ । अब यस चलचित्रमा अक्षयसँग अभिनेत्री वाणी कपुरले स्क्रिन सेयर गर्ने छिन् । यस चलचित्रको लागि एक हप्ताअघि नै उनले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छिन् । कोरोनाका कारण यति बेला चलचित्रका सम्पूर्ण काम रोकिएको छ । यद्यपि चलचित्रको लागी नायिका भने निर्माण पक्षले फाइनल गरेको छ । यस अघि वाणी ॠतिक रोशनको 'वार'मा देखिएकी थिइन् । 'बेल बटम' सन् २०२१ को अप्रिल २ मा रिलिज गरिने बताइएको छ ।