गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'जेल पनि सहुँला' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा रोहन पौडेल ‘जनक’ को शब्द, हरि लम्सालको सङ्गीत रहेको छ । गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ । भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् । भिडियोमा जीवन एक स्कुलका पालेको भूमिकामा छन् भने लक्ष्मी सोही स्कुलकी शिक्षिकाको भूमिकामा छिन् । भिडियोमा यी दुईको माया प्रेम आकर्षक रूपमा देखाइएको छ । भिडियोमा बुद्ध थापाको छायाङ्कन र विष्णु खड्काको सम्पादन रहेको छ ।