भारतीय गायिका कनिका कपूर कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् । उनलाई पछिल्लो ४ दिनदेखि भाइरसको लक्षण देखिएको र शुक्रवार टेस्ट गराउँदा कोभिड १९ पोजेटिभ देखिएको उनले जानकारी सार्वजनिक गरेकी छिन । बलिउडमा 'बेबी डल' गीत गाएर निकै चर्चित भएकी उनी लन्डनबाट फर्केकी थिइन् । उनी यति बेला लखनउको किंग जोर्ज मेडिकल युनिभर्सिटी अस्पतालको आइसोलेशनमा छिन् । उनी लन्डनबाट फर्किदा एर्पोटमा जाँच नगरी घर फर्किएकी थिइन् । र लन्डनबाट फर्किएपछि साथीभाइलाई डिनर पार्टी समेत दिएकी थिइन् । यसले गर्दा उनको सम्पर्कमा आएका हरूलाई पनि कोरोना सङ्क्रमण हुने आशङ्का गरिएको छ । कनिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट कोरोना लागेको जानकारी दिँदै लेखेकी छन्, ‘सबैलाई मेरो नमस्कार, पछिल्लो ४ दिनदेखि मलाई फ्लुको लक्षण थियो । मैले आफै जाँच गराउँदा कोभिड १९ पोजेटिभ आयो । अहिले म र मेरो परिवार आइसोलेशनमा छौँ । अब, कसरी अगाडी बढ्ने बारे चिकित्सकको सल्लाह पालना गर्दै छौँ ।’