गायिका प्रविशा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘बतास’ शीर्षकको म्युजिक भिडियो आफ्नै युट्युबमा सार्वजनिक गरेकी हुन् । गीतमा रमेश दाहालको शब्द सृजना तथा कमल खनालको सङ्गीत र एरेन्ज रहेको छ । सार्वजनिक भिडियोलाई सान थापाको निर्देशन गरेका हुन् । गीतको भिडियोमा गायिका प्रविशा नै फिचर्ड छिन् । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । पछिल्लो समय प्रविशा रुचाइएकी गायिकामा पर्छिन् ।