यति बेला नायक निर्देशक अर्पण थापाको चलचित्र ‘लिम्बो’को निर्माणको तयारीमा छन् । चलचित्रमा मुख्य भूमिकामा नायिका आना शर्मा पक्का भएकी छिन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रको लागी अन्य कलाकारको टुङ्गो लागेको छैन । अनमोल केसीको चलचित्रबाट डेब्यु गरेकी आनाले आफूलाई त्यति प्रमाणित गर्न सकेकी छैनन् । चलचित्र ‘जेरी’ले दिएको क्रेज उनले मेन्टेन गर्न सकेकी छैनन् । उनी अभिनीत चलचित्र ‘ग्याङ स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौँ’ लगायत बक्स अफिसमा असफल साबित भए । आफ्नो क्रेजलाई कामले जित्न नसकेकी आनाको लागी यस चलचित्र निकै महत्त्व पूर्ण देखिन्छ । निर्देशक अर्पण थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायाङ्कनमा छन् । यस चलचित्रको छायाङ्कन सकिएपछि अर्पणले ‘लिम्बो’लाई समय दिने बताइएको छ ।