कोरोना भाइरसको महामारीले विश्व नै त्रसित भएका बेला हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रसारण बन्द हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण ‘सक्किगोनी’को छायाङ्कन गर्न नसकिने भएकाले केही साताको लागि सिरियलको प्रसारण स्थगन गरिएको निर्माण पक्षले बताएको छ । निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायाङ्कन रोकिएको बताएका छन् । सरकारबाट अर्को सूचना नआएसम्म सक्किगोनीको प्रसारण बन्द हुने अर्जुनको भनाई छ । अर्जुनले ‘आजको समयमा स्वास्थ्य नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पूर्ण आदरणीय दर्शकहरूलाई सुरक्षित र सजग रही धैर्य वान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौँ । परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरू लिएर आउनेछौँ’ भ नि सामाजिक सञ्जाल मा लेखेका छन् । छायाङ्कन रोकिएपछि अहिले सम्पूर्ण युनिट सेल्फ क्वारेन्टाइनमा बस्ने जनाइएको छ ।