पछिल्ला केही हप्ता यता कोरोना भाइरस(कोभिड १९)ले सबै तिर राज गरिरहेको छ । यसबाट भारत पनि अछुतो छैन । कोरोनाको सम्भावित जोखिमबाट सुरक्षित रहन भारतीय सरकारले ‘जनता कर्फ्यु’ लागु गरेको छ । सङ्कटको यो घडीमा राज्यसँगै हातेमालो गरेर बलिउड कर्मीहरू सन्देश प्रवाह गर्नेदेखि मनोबल उकास्ने सम्मको भूमिकामा खटिएका छन् । भिडियो मार्फत होस् या अन्य माध्यमबाट बलिउड कर्मीले एकजुट भएर कोरोनाको संवेदनशीलता दर्साउँदै सजग रहन सुझाव दिइरहेका छन् । उनीहरूले गम्भीर समस्यासँग जुधिरहेकाले कर्फ्युको पालना गर्न अनुरोध गरेका छन् । बलिउडका अभिनेता सल मान खान, आमिर खानदेखि शाहरुख खान तथा अन्य कला कर्मीले पनि सबैलाई सतहर्क रहन आह्वान गरेका छन् । अधिकांश बलिउड कर्मीले कसरी हात धुने, कसरी व्यक्तिगत दुरी कायम गर्ने, कसरी आत्म मनोबल उकास्ने जस्ता कुरामा सुझाव र सल्लाह प्रवाह गरिरहेका छन् । कसरी हात धुने, कसरी व्यक्तिगत दुरी कायम गर्ने, कसरी आत्म मनोबल उकास्ने जस्ता कुरामा सुझाव र सल्लाह प्रवाह गरिरहेका छन् । उनिहरुले टिकटकदेखि इन्टाग्रामसम्मलाई अहिले सन्देश प्रवाहको माध्यम बनाएका छन् ।