गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । 'चाहन्छु' बोलको गीत शनिवार सार्वजनिक युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा मानस र मनिषाको शब्द रहेको छ भने सरोज पोख्रेलको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा बिजु पार्की र कविता नेपाली फिचर्ड छन् । भिडियोको निर्देशन बिजु आफैँले गरेका हुन् । उत्सव दाहालको सिनेम्याटोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । एरेञ्ज अशोक तामाङको छ । प्रताप, बिभु र कविताको सहकार्यमा यसअघि झ्याम झ्याम बोलको गीत सार्वजनिक भएको थियो ।