कोरोना भाइरसको कारण काम गुमाएका अनि आर्थिक सङ्कटमा परेका मजदुरहरूका लागी अभिनेता रजनीकान्तले सहयोग गरेका छन् । उनले निम्न वर्गका चलचित्र क्षेत्रमा काम गर्ने मजदुरहरूलाई सहयोग गरेका हुन् । भारतीय मिडियाका अनुसार उनले चलचित्र क्षेत्रमा ज्यालादारीको हिसाबमा काम गर्ने मजदुरहरूका लागि ५० लाख सहयोग गरेका हुन् । कोरोना भाइरसका कारण चलचित्र निर्माणको काम ठप्प भएपछि यस क्षेत्रमा काम गर्ने मजदुर प्रभावित भएको भन्दै उनले ५० लाख सहयोग गरेको बताइएको छ । साउथमा तथा बलिउडमा निकै रुचाइएका रजनीकान्तले इम्प्लाइज फेडरेसन अफ साउथ इन्डिया युनियनका कामदारहरूलाई सहयोग गरेका हुन् ।