पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका सागर लम्साल बले र प्रिज्मा खतिवडाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धका कारण चर्चामा रहेका यी दुई पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियोमा देखिइरहेका छन् । सार्वजनिक म्युजिक भिडियोमा सुजाता केसी र अर्जुन पोख्रेलको स्वर रहेको छ भने अर्जुनको सङ्गीत र लोकराज अधिकारीको शब्द रहेको छ । 'बाजा बजाउँदै' बोलको गीतमा बले र प्रिज्मा सँगै प्रिन्सी खतिवडा र प्रदीप लिम्बू पनि फिचर्ड रहेका छन् । म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई दीपक बिस्टले सम्पादन गरेका छन् ।