चर्चित अभिनेत्री तथा निर्देशक झरना थापाको आज जन्मदिन परेको छ । प्युठानमा जन्मिएकी उनले आज आफ्नो ४० औँ जन्मदिन मनाउँदै छिन् । कोरोनाको महामारीबाट बच्न सेल्फ क्वारेन्टाइनमा बसेकी उनले जन्मदिन घरमै परिवारसँग मनाउँदै छिन् । चलचित्र धर्म सङ्कटबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी झरनाले दर्जनौँ चलचित्रमा अभिनय गरेकी छिन भने पछिल्लो समय उनी निर्देशकको रूपमा निकै रुचाइएकी छिन् । कोरोना सङ्क्रमणबाट बच्न र यसको असर न्यूनीकरण गर्न चलचित्र 'ए मेरो हजुर ४' को छायाङ्कन रोकेर उनी यति बेला परिवार सहित घरमै छिन् । दर्शकको मनमा बस्न सफल झरनालाई जन्मदिनको शुभकामना !!