चलचित्र 'आमा' आज शुक्रवारबाट डिसहोममा हेर्न पाइने भएको छ । अभिनेत्री सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका रहेको चलचित्र फागुन ९ बाट प्रदर्शनमा आएको थियो । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र दर्शकको आग्रहमा चलचित्र 'आमा' डिसहोममा हेर्न पाइने व्यवस्था मिलाइएको बताइएको छ । एक महिना घरमै बसेर डिसहोममा 'आमा' हेर्न पाइने निर्देशक खनालले बताएका छन् । दर्शक तथा समीक्षकको उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले बक्स अफिसमा औसत व्यापार गरेको थियो । चलचित्रमा अभिनेत्री द्वय मिथिला र सुरक्षा प्रमुख भूमिकामा छन् उनीहरूले आमा छोरीको भूमिका निभाएका छन् ।