सरकारले घोषणा गरेको लक डाउनलाई स्विकार्दै कलाकारहरूले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । आफू र आफ्नो परिवारको सुरक्षाको लागी सबै कलाकारहरू सुरक्षाका उपायहरू अपनाउनुका साथै सम्पूर्ण नेपालीमा जनचेतना पनि जगाइरहेका छन् । आफ्ना सामाजिक सञ्जालमा आफूले घरमा बस्दा गरेका क्रियाकलाप हरू सेयर गर्दै सबैलाई आफ्नो घरमा सुरक्षित रहन अनुरोध गरेका छन् । सामान्यतया घरका सामान्य काममा समय दिन नपाउने कला कर्मी यति बेला फुर्सदको समय निकालेर घरमा साना साना काम गर्ने, खाना पकाउने देखी लिएर आफूलाई तन्दुरुस्त राख्न व्यायाम तथा योगा गर्नमा आफूलाई व्यस्त राखिरहेका छन् । हेरौँ भिडियोमा के गर्दै छन् कला कर्मी सेल्फ क्वारेन्टाइनमा ?