शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' युट्युबमा सार्वजनिक भएको छ । चर्चित जोडी अभिनेता सौगात मल्ल र श्रृष्टी श्रेष्ठ तथा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र शुक्रवार बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । कोरोना भाइरसको सङ्कट न्यूनीकरण गर्न सरकारले जारी गरेको लक डाउनका कारण देशै भरका हल हरू बन्द भएका छन् भने सारा नेपाली घरभित्रै बस्नु पर्ने अवस्था आएको छ । यसै बिच दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी चलचित्र छिट्टै युट्युबमा सार्वजनिक गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रमा सौगात, पूजा, आकाश, श्रृष्टी, सोहित मानन्धर र सुरक्षा पन्तका साथमा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ यसै गरी शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् । दीपक मनाङ्गे र अ. देवी राई निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।