निर्देशक तथा संचारकर्मी सुब्रत आचार्यलाई पितृ शोक परेको छ । उनले शनिवार ७३ वर्षका पिता ईश्वरप्रसाद आचार्यलाई गुमाएका हुन् । कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचारार्थ ईश्वरप्रसाद आचार्यको अपराह्न ३ बजे देहावसान भएको हो । उनको हृदयाघातको कारण निधन भएको अस्पताल श्रोतले जनाएको छ । स्व. आचार्यको शनिवार नै विद्युतीय शव गृहमा उहाँको दाहसंस्कार गरिएको छ । स्व. आचार्य प्रति हार्दिक श्रद्दांजली सहित यस दुखद घडीमा शोक शन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।