युवा पुस्तामाझ लोकप्रिय नायक अनमोल केसीको आज जन्मदिन परेको छ । उनले आज आफ्नो २५ औँ जन्मदिन मनाउँदै छन् । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्रमा पाइला चालेका अनमोल अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता बोम्जनका पहिला र एकल सन्तान हुन् । अनमोलले हालसम्म १० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । भने पछिल्लो समय चलचित्र 'ए मेरो हजुर ४'मा आबद्ध छन् । कोरोना भाइरसको त्रास र सङ्क्रमणको सम्भावना बढेपछि सरकारले लागु गरेको लक डाउनमा कारण चलचित्रको छायाङ्कन रोकेर अनमोल यति बेला घरमै छन् । दर्शकको मन जित्न सफल नायक अनमोललाई जन्मदिनको शुभकामना!!