सरकारले लक डाउनको घोषणा गरेसँगै सम्पूर्ण कलाकार आफ्नै घरमा रहेका छन् । एक हप्ता लामो लक डाउन सकिएर दोस्रो हप्ता पनि थप गरेपछि सबै आफ्नो घरमा सीमित हुनु परेको छ । लक डाउनको प्रभावले अभिनेता राजेश हमाल एक साता बढिदेखी घरमा नै छन् । घरमै रहेका हमालले आफ्नो फुर्सदको  समय रमाइलो गरी बिताइरहेका छन् । उनले कहिले गीत गाएको भिडियो सार्वजनिक गरिरहेका छन् त कहिले नृत्य गरेको भिडियो पोस्ट गर्दै दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । यसै क्रममा उनले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका छन् जसमा उनी लेख्छन्,  ‘तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल’ । भिडियोमा हमाल श्रीमती मधु भट्टराईसँग नृत्य गरिरहेका देखिन्छन् । उनले मनोरञ्जनसँगै सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको बारेमा मानिसहरूलाई सचेत गरिरहेका छन् ।  

https://www.facebook.com/watch/?v=2857690970987977