यति बेला नेपाल लगायत छिमेकी देश भारतमा लक डाउन जारी गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सबै मानिस आआफ्नो घरभित्रै बसुन् भन्ने उद्देश्यले गरिएको लक डाउनले हरेकको जनजीवन प्रभावित बनाएको छ । भारतमा पनि कोरोना भाइरस नियन्त्रण गर्न २१ लक डाउन गरिएको छ । त्यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । घरमै बसिरहँदा धेरैलाई समय बिताउन गाह्रो भइरहेको छ । यसै कुरालाई मध्यनजर गर्दै भारतका विभिन्न पुराना टेलिश्रृंखलाहरू पुनः सुरु गर्ने भएका छन् । यसै बिच एक समयको निकै चर्चित टेलिश्रृंखला 'शक्तिमान' पुनः प्रसारण हुने भएको छ । अभिनेता मुकेश खन्ना अभिनीत सुपर हिरो सो शक्तिमान दूरदर्शनमा पुनः प्रसारण हुने बताइएको हो । बारे अभिनेता मुकेश खन्नाले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएका हुन् । यद्धपी यस टेलिश्रृंखला कहिले देखी प्रसारण हुने बताइएको छैन ।