सरकारले लक डाउन जारी गरे यता सम्पूर्ण कलाकार तथा सर्वसाधारण जनता सबै घरमा नै बस्नु परेको छ । सरकारले कोरोना सङ्क्रमण रोक्न चालेको यस कदमालाई सबैले आत्मसाथ गर्दै आइरहेका छन् । यसमा कलाकारहरूले पनि आ आफ्नो तर्फबाट सहयोग गरिरहेका छन् । यस अभियानमा खुलेर जागरूक भएकी अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनी यति बेला सामाजिक सञ्जालमा सक्रिय छिन भने उनको सक्रियता सामाजिक काममा पनि देखिन थालेको छ । केही दिन अगाडि मात्र वर्षाले कोरोना सङ्क्रमितको सहयोगका लागि १ लाख सहयोग गर्ने घोषणा गरेकी थिइन । वर्षाले आफ्नो घर वरिपरि रहेका जनावरलाई खान खुवाउन अपिल गरिरहेकी छिन ।

यस काम आफूबाटै सुरुवात गर्दै घर बाहिर छोडिएका कुकुरलाई खाना खुवाउन सुरु गरेकी छिन् । उनले सामाजिक संजालमा कुकुरहरुलाई खाना दिईरहेको भिडियो पोस्ट गरेकी छिन् । उनले हामीहरु दिनदिनै नयाँ नयाँ परिकारहरु बनाएर खान्छौ, तर कुकुरहरु जो हामीले दिने खानामा निर्भर हुन्छन् बोल्न, भोक लग्यो भन्न सक्दैनन् भनेकी छिन् । लक डाउनको दस दिन बितिसक्दा सबै आफ्नै घरमा सीमित बनेका छन् । सम्पूर्ण व्यापार व्यवसाय बन्द भएका छन् जसका कारण सडकमा रहेका कुकुरहरू भोकै परेका छन् । होटेल, रेस्टुरेन्ट, कोल्ड स्टोर्स्(मासु पसल) का कारण भोक मेटाइरहेका यी जनावर यति बेला निकै समस्यामा परेका छन् । यसैले सबैले आ आफ्नो घर वरिपरि देखिने यस्ता निर्दोष जनावरलाई सहयोग गर्न वर्षाले अपिल गरेकी हुन् ।