कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि सम्पूर्ण नेपाली फिल्म इन्डस्ट्री नै ठप्प भइरहेको छ । चलचित्र सम्बन्धी विविध काममा सक्रिय हुन नपाए पनि कलाकारहरू सामाजिक सञ्जालमा निकै सक्रिय भइरहेका छन् । यसै बिच पछिल्लो समयकी चर्चित त डिमान्डेड नायिका साम्राज्ञी आरएल शाह घर मै छिन् । उनी आफ्नो दैनिकी चलचित्र हेर्दै र सामाजिक सञ्जालमा सक्रिय भएर बितिरहेको छ । उनले सम्पूर्णलाई विशेष सावधानी अपनाएर घरमै सुरक्षित रूपमा बस्न आग्रह गरिरहेकी छिन् ।
पछिल्लो समय आशा गरिए अनुरूप सफलता नपाएकी उनले अब वर्षमा दुई तीन वटा चलचित्रमा हात नहाल्ने बताइएकी छिन् । उनले राम्रो स्क्रिप्टबाट अफर आएमा वर्षमा एउटा चलचित्र गर्ने नत्र त्यो पनि नगर्ने बताएकी छिन् । उनले आफूले मेहनत गरे अनुसार परिणाम नआएको गुनासो समेत गरेकी छिन् । लामो समय भइसक्दा पनि कुनै पनि चलचित्रमा अनुबन्धित नभएकी साम्राज्ञीले सामाजिक सञ्जालमा दर्शकको जिज्ञासा मेटाउँदै आफूले कुनै चलचित्र साइन नगरेको र अब वर्षमा एउटा मात्र चलचित्र गर्ने बताएकी छन् ।