घरमा विरलै भेटिने नेपाली सेलिब्रेटी यति बेला लगभग दुई साता यता घरमै बसिरहेका छन् । कोरोनाभाइरस नियन्त्रण गर्न र सङ्क्रमणबाट बच्न लागु गरेको लक डाउनले सबैको जीवन प्रभावित पारिरहेको छ । जसबाट कलाकार पनि अछुतो छैनन् । घरमै बसेर कलाकारहरूले सामाजिक सञ्जाल मार्फत आफ्नो दैनिकीलाई दर्शक शुभचिन्तकको सामु ल्याइरहेका छन् । प्रायले कोरोना सम्बन्धी जन चेतना जगाइरहेका छन् भने कसरी घर भित्रै सीमित हुनुपर्दा समय बिताउने भन्ने उपाय बताइरहेका छन् । यसै बिच नायिका वर्षा सिवाकोटीले लक डाउन सुरु भएदेखि नै आफूले स्वास्थ्य रहन र फिटनेसको लागी व्यायाम गरेको भिडियो सार्वजनिक गर्दै आएकी छिन् ।
पछिल्लो समय वर्षा सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । यसैबिच उनले सामाजिक सञ्जालमा एक स्टोरी सेयर गरेकी छिन् । जसले उनको दैनिकी र खानपानको शैलीमा रुचि राख्नेको लागी रुचिकर हुन सक्छ । उनले लक डाउनले बजार बन्द हुँदा आफूले दैनिक खाने गरेको कागती सर्टेज भएको बताएकी छिन् । जसले आफूलाई निकै चिन्तित बनाएको उनले गुनासो पोखेकी छिन् । उनले अब उनले आफ्नो घर वरिपरि कागती नपाए पछि अब आफू कसरी बाँच्ने भन्ने प्रश्न गरेकी छिन् । उनका अनुसार उनले दैनिक दुई वटा कागती खाने गरेकी थिइन् ।