कोरोना भाइरसकोबाट जोगिन र जोगाउनको लागी यति बेला देश लकडाउनमा छ । दुई हप्ता लामो लक डाउन बिताइसकेका नेपाली फेरी अरू कति दिन यसै गरी घरभित्रै बस्नु पर्ने हो त्यो टुङ्गो छैन । यसले मानिसको जनजीवन त प्रभावित त भएकै छ साथमा पशु पक्षी समेत प्रभावित भएका छन् । पसल होस् या अन्य खाद्यान्न बिक्री वितरण गर्ने संस्था सबै यति बेला बन्द छन् । अत्यावश्यक सामान बेच्नको लागी एकाध पसल हरू सीमित समयको लागी खुल्छन् । यसले सडकमा भएका जनवार भोकै परेका छन् । सबै मान्छे घरभित्र भएको बेला सडकमा रहने जनावरले खान पाउने अवस्था मुस्किल रहेको छ । यस समस्यालाई ध्यानमा राख्दै भोकै परेका जनावरको लागी सहयोग गर्ने र सहयोगको अपिल गर्ने बढ्दै गइरहेका छन् । यसै बिच सडकमा रहेका पशुहरूको उचित व्यवस्थापन र खानपानको लागी अभिनेत्री प्रियंका कार्की र उनका पति अभिनेता आयुष्मान देशराज जोशीले १ लाख सहयोग गर्ने भएका छन् ।

उनीहरूले सञ्चालन गरेको 'आयांका फाउन्डेसन'का तर्फ बाट  'विश्व सामुदायिक पशु दिवस'को अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । आयंका जोडीले 'एनिमल नेपाल' नामक संस्थालाई एक लाख हस्तान्तरण गरेका हुन् । एनिमल नेपालले चलाउने, 'एक कचौरा पानी, र एक कचौरा खाना' अभियानमा पनि आयंका जोडीको साथ रहने बताइएको छ । कुनै पनि निर्दोष जनावरले भोकै बस्नु नपरोस् भनि आफ्नो घरमा रहेको बोतल अथवा अन्य केही भाडामा आफ्नो घर अगाडी पानी र खाना राखिदिनेको लागी अनुरोध  समेत गरिएको  छ ।