नायिका आँचल शर्मा र उदिप श्रेष्ठ फागुन २९ गते वैवाहिक बन्धनमा बाँधिए । एक वर्ष लामो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका उनीहरूको विवाह निकै चर्चामा आयो । निकै ठुलो तामझामका साथ विवाह गरेकी आँचलको विवाहमा गरेको खर्च, लुगा गहना अझ रिसेप्सन पार्टीमा हेलिकप्टर प्रयोग गरेको कुराले बजारमा राम्रै स्थान पायो । यो त भयो आँचल र डा. उदिपले विवाहमा गरेको खर्चको कुरा जुन व्यक्तिगत हो । योसँगै अर्को एउटा कुराले बजारमा जता ततै सुनियो तर आधिकारिक जानकारी भने बाहिर आएन । त्यो हो उदिपको पहिलो विवाहको बारेमा । बजारमा चलेको हल्ला अनुसार 'उदिपको पहिले नै विवाह भैसकेको थियो र जसबाट एक सन्तान पनि थियो । फिलिपिन्समा विवाह गरेका उनले डिभोर्स गरेका हुन्' ।
यो कुरा हल्लामै सीमित भइरहेको थियो । जसबारे आँचल र उदिपले केही बोलेका थिएनन् । तर भर्खरै एक टेलिभिजन अन्तर्वार्तामा उनले आफू दुई वर्ष लामो सम्बन्धमा रहेको स्वीकार गरेका छन् । उदिपले आफू फिलिपिन्समा हुँदा एक महिलासँग रिलेसनमा रहेको र दुई वर्ष पछि सम्बन्ध टुटेको बताएका छन् । यद्यपि उनले बच्चाको बारेमा केही बोलेका छैनन् । आँचलाले पनि यो व्यक्तिगत कुरा भएकाले यसबारे नबोल्नै ठिक हुने बताएकी छिन् । उदिपले आफ्नो सम्बन्ध किन टुटेको भन्ने आफ्नो व्यक्तिगत कुरा भएको र यसबारे थप बोल्न नचाहने ब ताएका छन् । साथमा उनले आफ्नो र नायक पल शाहको सम्बन्ध र विवाहमा पल न आउनु पनि पलको आफ्नो व्यक्तिगत कुरा भएको बताएकी छिन् । यसमा आफ्नो भन्नु केही नभएको उनी सुनाउँछिन् ।