कोरोना भाइरसले चारै तिरबाट घेरेपछि विश्वको शक्तिशाली राष्ट्र अमेरिका सङ्कटमा परेको छ । बिस्तारै संसारभर नै फैलिएको कोरोनाको त्रास झान् विकासोन्मुख देशमा बढी छ । त्यसले विश्वभर रहेका आफ्नो देशका नागरिकलाई सुरक्षित बनाउन अमेरिकाले पहल गरिरहेको छ । नेपालमा पनि दिन दिनै कोरोना सङ्क्रमण बढ्न थालेपछि नेपालमा रहेका करिब एक हजार नागरिकलाई अमेरिकाले आफ्नो देश लगिसकेको छ । अभिनेता सरोज खनाल पनि रहेका छन् । ग्रिन कार्ड पाइसकेका खनाल आइतबार अमेरिका फर्कन लागेका हुन् । सरोज खनालका सबै परिवार अहिले अमेरिकामै छन् । केही समयअघि खनाल पत्नी सूर्यमाला खनाल अमेरिका गएकी थिइन् । नेपालमै व्यवसाय गरिरहेका उनी आफ्नो परिवार नै अमेरिकामा रहेकाले उतै लागेका हुन् ।