हप्ता लामो लकडाउनले सबै नेपालीको जना जीवन प्रभावित भएको छ । लकडाउनले नेपाली फिल्म इन्डस्ट्री नराम्रो सँग डुबेको छ । फिल्म इन्डस्ट्री मात्र नभएर यस सँग सम्बन्धित काम गरेर गुजारा चलाइरहेका को लागी निकै समस्या परेको छ । छायाङ्कन, प्रदर्शनदेखि अन्य काम रोकिए पछि काम गुमाएका हलका कर्मचारी, फिल्ममा काम गर्ने प्राविधिकसँगै नेपाली फिल्मको विषयमा कलम चलाउने पत्रकारलाई समेत आर्थिक सङ्कट पर्न थालेको छ । समयमा चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ, नेपालले श्रमजीवी चलचित्र पत्रकारलाई राहत वितरण गर्ने घोषणा गरेको छ । सङ्घको २० वर्ष लामो इतिहासमा पहिलो पटक शनिवार डिजिटल बैठक बसेर केन्द्रीय कार्यसमितिले श्रमजीवी पत्रकारहरूको दैनिक जीवनमा देखिएका समस्याहरूमा सहयोग पुग्ने गरी राहत प्याकेज वितरण गर्ने घोषणा गरेको हो ।

यस बारे जारी गरेको विज्ञप्तिमा हाम्रो सदस्य तथा चलचित्र पत्रकारहरूका लागि दैनिक जीवनमा देखिएका समस्याहरूमा सहयोग पुग्ने गरी राहत प्याकेज वितरण गर्ने घोषणा सङ्घले गरेको छ । कार्यसमितिका पदाधिकारीहरूको सहयोगमा श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्न लागेको सङ्घ जानकारी गराउँदछ ।' भनिएको छ । जीविकोपार्जनमा समस्या भएका चलचित्र पत्रकारले सङ्घमा सम्पर्क गर्न सक्ने बताउँदै पत्रकारसँगै सम्पूर्ण नेपालीलाई घरमै विशेष सावधानी अपनाएर सुरक्षित रूपमा बस्न पनि अपिल पनि गरेको छ ।