नायिका श्रद्धा क्षेत्री र नायक पुष्प खडका अभिनीत फिल्म ‘कृष्ण लीला’ भाद्र ३ गते कृष्ण जन्माष्टमीको दिनमा रिलिज हुने भएको छ । दीपक ओलीको निर्देशन रहेको फिल्ममा  प्रकाशराज कार्की र केबल तामाङको लगानी रहेको छ l पीताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुपमा फिल्ममा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् l शिव ढकालले खिचेको फिल्ममा रवीन्द्र झा, बुद्धि तामाङ, नवीन रेग्मी, भावना गुरुङ लगायतको अभिनय रहेको छ ।