नायिका केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुत 'अनार' चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् । शनिवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै केकी र प्रकाशलाई ब्रान्ड एम्वेस्डर घोषणा गरिएको हो । उनीहरू एक वर्षको लागी यस प्रोडक्टसँग आबद्ध भएका हुन् । नायिका अधिकारी यस चामलको विगत दुई वर्षदेखि नै ब्रान्ड एम्वेस्डर रहँदै आएकी छिन् भने गायक सपुत यसै वर्षबाट आबद्ध भएका हुन् । यस संस्थासँग सहकार्य गर्नु पछाडिको कारण बताउँदै केकीले चामल हाम्रो जीवनसँग जोडिएको अभिन्न बस्तु भएको र यसले कुनै पनि व्यक्ति, समुदाय वा अन्य वर्गमा केही नकारात्मक असार नगर्ने भनाइ राखेकी छिन् । साथै उनी आफूले गरेको कामले आफ्नो आर्थिक अवस्था र फाइदाको लागी मात्र नहेरेर समुदायमा पर्ने प्रभाव पनि हेर्ने गरेको उनको दाबी छ ।

साथै प्रकाशले पनि यस अघी कुनै पनि प्रोडक्टमा प्रतक्ष नजोडिएको र यो संयोगले निकै खुसी बनाएको ब ताएका छन् ।  केकी र प्रकाशले यस अघी मायाको मुखैमा चिनी, बदला बरिलै लगायत अन्य आधा दर्जन म्युजिक भिडियो र चलचित्र  ‘परदेशी २’ सहकार्य गरेका छन् ।