रोएर नै फिल्म चलाउने नायिकाको आरोप खेप्दै आएकी पूजा शर्माले अब नरोई आगामी फिल्महरू चलाउने बाचा गरेकी छिन् l उनी अभिनीत फिल्म 'सम्हालिन्छ कहिले मन' गीत रिलिजको लागि राखिएको पत्रकार सम्मेलनमा उनले सो कुरा गरेकी हुन् l पत्रकारले यदि फिल्म चलेन भने अनेक फण्डा फिल्म चलाउने आरोप कलाकारलाई लाग्छ यसलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा पूजाले सो उत्तर दिएकी हुन् l पूजा भन्छिन् : मैले यस अघि पनि थुप्रै फिल्महरू गरे उक्त फिल्मले दर्शकलाई कति छोयो-छोएन पहिलो फिल्मलेनै गर्ने रहिछ l साथै दोश्रो सहकार्यमा गरिएको काम र तेश्रोमा फिल्म हेरिसकेपछि फिल्म कस्तो छ त्यो फिल्मले नै बोल्ने रहिछ l फिल्म चलाउन कलाकारले जति नै चिच्याए -रोए पनि केही नहुने उनले बताएकी थिइन् l यसो त उनले छिमेकी देशका अभिनेता शारुखानको पनि उदाहरण दिएकी थिइन् l कुनै पनि व्यक्ति फ्लप नहुने धारणा दिएकी छिन् भने  फिल्मले दर्शकलाई छुन्छ या छुँदैन त्यो हेर्न पर्ने उनको भनाइ छ l फिल्म आफैँ राम्रो छ भने चल्छ र राम्रो छैन भने चल्दैन l