र्‍यापर राजन केसी र र्‍यापर सरकारको नयाँ र्‍याप सार्वजनिक भएको छ । 'कठै मेरो देश' बोलको र्‍याप शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । र्‍यापमा नेताको रूपको अनेक हुन्छ भनी व्यङ्ग्य गरिएको छ । पहिलो पटक राजन र सरकारको सहकार्यमा फरक स्वादको र्‍याप तयार पारिएको हो । र्‍यापले वर्तमान समयको राजनीतिक बेथिति र सामाजिक संरचनाबारे रचनात्मक व्यङ्ग्य गरिएको छ । पोखरा सेरोफेरोमा खिचिएको गरिएको गीतको भिडियोमा र्‍यापर राजन र सुरज श्रेष्ठ, निकिता खड्की फिचर्ड छन् । सौरव लामिछानेले सम्पादन गरेको भिडियो रैला प्रोडक्सनले छायाङ्कन गरेको हो । भिडियो सौरब लामिछानेले निर्देशन गरेका हुन् ।