पछिल्लो समय आफ्नो स्वरको जादुले अन्तराष्ट्रिय जगतमा चर्चा पाइरहेका नेपाली युवा हुन् दिवेश पोखरेल । उनले चर्चित साङ्गीतिक रियालिटी अमेरिकन आइडलको अडिसनमा प्रस्तुति दिएदेखि उनको चर्चा नेपालमा पनि निकै भइरहेको छ । अमेरिकन आइडलको १८ औँ संस्करणमा छनौट भएपछि का विभिन्न चरणमा उनले निकै राम्रो प्रस्तुति दिइरहेका छन् जसको प्रशंसा गरेर आइडलका निर्णायक थाकेका छैनन् । उनै दिवेश दमदार प्रस्तुतिकै कारण शीर्ष २० मा पुग्न सफल भएका छन् । आइतबार प्रसारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । 'अर्थर गन'को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतिमा जजबाट 'स्ट्यान्डिङ अवेशन' पाइरहेका छन् । यस पटक भने उनले लेजेन्डरी गायक बब मार्लीको गीत गाएका थिए । टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरूले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, 'तिमी उदाउँदो तारा हौ ।'