गायिका श्रृजना खत्रीले यसबर्ष तिजको अवसर पारेर नयाँ तिज गीत सार्वजनिक गरेकी छिन् । आफ्नै शब्द,संगीत र स्वरमा रहेको । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाले बजारमा ल्याएकी हुन् । यसअघि उनको ‘हाउडेमाया’बोलको गीतले चर्चा पाएको थियो ।
फरक शैलीको रहेको गीतमा लोक भाकाको साथमा र्याप समेत प्रस्तुत गरेकी छिन् । भिडियोमा विनु खड्का र दुर्गेस थापाले अभिनय गरेका छन् । क्रान्ती केसीको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचिका हुन भने क्रान्ती केसीले नै सम्पादन गरेका हुन् ।