कोरोना भाइरसले पछिल्ला केही महिना यता विश्व लाई नै आक्रान्त बनाइ रएको छ । यसले नेपाल मा पनि निकै असहज स्थिति ल्याएको छ । जसका कारण विगत दुई हप्ता यता पूर्ण रूपमा लकडाउन जारी गरिएको छ । र शिक्षा, स्वास्थ्य लगायत मनोरञ्जन सबै क्षेत्रमा नराम्रो असर परेको छ । जनजीवन नै कष्टकर बनिरहेका बेला शारीरिक समस्यासँग लडिरहेका बिरामीका लागी निकै अप्ठेरो भइरहेको छ । जसका कारण बजारमा रगतको अभाव भएको छ । दीर्घ रोगी र नियमित उपचार गराइरहेका बिरामी देखी इमर्जेन्सी बिरामीको लागी अत्यावश्यक हुने रगत अभाव हुँदा समस्या भएको खबर बाहिरिइरहेका बेला चलचित्र 'प्रेम गीत ३' टिमले रक्तदान गरेको छ । चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले चलचित्रको टिमले नै रक्तदान गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै लेखेका छन्, ' कोरोना (कोविड १९) को कारण विश्वलाई जटिल बनाएको छ । । त्यसको जटिल असर अन्य रोग सँग लडिरहेका बिरामीहरूमा पर्न थालेको छ।त्यसको मुख्य कारण हो रगत बैङ्कमा रगतको अभाव अहिले लागु गरिएको 'लकडाउन' को कारण यो समय रक्तदान गर्न असम्भव जस्तै छ.. सरकारले गरेको बन्दा बन्दी लाई मध्यनजर गर्दै हाम्रो "प्रेम गीत ३" परिवार का ३५/४० जनाले भिड भाड नगरी २ जना २ जना गरी पालो पालो गरेर रगत दान गरेका हौ.. हामी ३५ देखी ४० जनाको रगतले नेपाल भरी रगत पुग्ने त होइन तर हामी हामी मिलेर एउटा समूह बनाएर पालो पालो रक्तदान गर्यो भने पक्कै पनि अन्य रोग बाट लडिरहेका बिरामीलाई जीवनदान मिल्नेछ..' ।