चर्चित गायक अनिल सिंह र संचारकर्मी तथा गीतकार नरेश भट्टराइ मिलेर काठमाडौँको डिल्लीबजारमा ‘म्यूजिकल स्टेट स्टूडियो’ सन्चालन गरेका छन् । बिहिबार उक्त स्टुडियोको औपचारिक रुपमा सन्चालन गरिएको हो ।
पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्स, वितकर गोविन्द शाही, गायक अनिल सिंह र संचारकर्मी नरेश भट्टराइले संयुक्त रुपमा स्टूडियोको उद्घाटन गरेका छन् । स्टुडियोमा गीत गायक अनिलको तेश्रो एल्बम ‘म्यूजिक स्टेट’बाट नै स्टूडियोको नाम राखिएको हो । यो स्टूडियोमा गीत रेकडिङ, टीभी कार्यक्रम उत्पादन, युटुब कार्यक्रम निर्माण गरिने गायक सिंहले बताए । संचारकर्मी भट्टराइले स्टूडियोबाट नेपाली चलचित्रको विदेश प्रदर्शनको समेत काम गर्ने उल्लेख गरे ।