चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को आज जन्मदिन परेको छ । २०३२ साल चैत २८ गते मकवानपुरमा जन्मेका उनी आज आफ्नो ४६ औँ जन्मदिन मनाउँदै छन् । हास्य टेलिसिरियलबाट हास्य कलाकारिता सुरु गरेका उनी पछिल्लो समय निकै चर्चामा छन् । उनी यति बेला ठुलो पर्दामा निकै ज मेका छन् । २०५८ सालदेखि कलाकारिता सुरु गरेका केदारले दर्जनौँ सिरियल र चलचित्रमा काम गरिसकेका छन् भने उनको माग्ने बुढाको भूमिकाले उनलाई सर्वत्र सफलता दिएको छ ।  उनको जन्मदिनको अवसर पारेर केदारका सहकर्मी कलाकार दीपक राज गिरीले निकै भावुक भएर शुभकामना दिएका छन् । उनका साथै माग्ने बुढालाई जन्मदिनको शुभकामना दिनेको लर्को लागेको छ । दर्शकको मन जित्न सफल कलाकार केदार घिमिरेलाई जन्मदिनको शुभकामना!!