लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवन गुजारा गर्नेका लागी निकै असहज स्थिति आएको छ । उनीहरूको जीवन केही सहज तरिकाले बिताउन सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न व्यक्ति, समूह र संस्थाहरूले खाद्यान्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् । यस क्रममा हास्य कलाकार किरण केसीले पनि राहत वितरण गरेका छन् । केसीले ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलक्ससँग सहकार्य गरेर ललितपुरको महालक्ष्मी नगरपालिकालाई चामल र मास्क उपलब्ध उपलब्ध गराएका छन् । उनका अनुसार नगरपालिकामार्फत पीडितलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाएको हो । उनले एक सय बोरा चामल र १० हजार पिस मास्क प्रदान गरेको जानकारी दिएका छन् । महालक्ष्मी नगरपालिकाले सहयोगका लागी कलाकार केसी र ट्वान्टी वान ग्रुपप्रति आभार प्रकट गरेको छ ।