गायक सन्तोष लामाको नयाँ गीत सार्वजनिक भएको छ । 'कहानी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गायक लामा कै सङ्गीत रहेको छ । सार्वजनिक लिरिकल भिडियोलाई सन्तोष आफैँले तयार पारेका हुन् । हरेक मान्छेको जीवनको आफ्नै कथा हुन्छ र त्यो सबैलाई महत्त्वपूर्ण हुन्छ भन्ने गीत को शब्द रोहित बस्नेतले लेखेका हुन् । सारा नेपाली लकडाउनले गर्दा घरमा नै रहनु पर्ने बाध्यता भएका बेला आफ्ना शुभचिन्तकलाई फरक र सबैको मर्म बोकेको गीत सन्तोषले पस्केका हुन् ।  गीत सन्तोष कै युट्युब च्यानलमा हेर्न सुन्न सकिन्छ ।