नेपाली फिल्म इन्डस्ट्रीमा चर्चामा आइरहने अभिनेत्री शिल्पा पोखरेल भोजपुरी चलचित्रमा देखिने भएकी छिन् । उनले भोजपुरी चलचित्र 'जय शम्भु' मार्फत डेब्यु गरेकी हुन् । शिल्पा अभिनीत चलचित्रको टिजर पनि सार्वजनिक गरिएको छ । टिजरमा शिल्पा भोजपुरी कलाकार प्रदीप पाण्डेसँग देखिएकी छिन् । उनले आफूले भोजपुरी चलचित्रमा अभिनय गरेको बारे सामाजिक सञ्जालमा पनि जानकारी गराएकी छिन् । सोनु खत्रीको निर्देशन रहेको यस चलचित्रमा शिल्पा पोखरेल, प्रदीप पाण्डे, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । टिजरमा शिल्पाको कुनै संम्वाद रहेको छैन भने उनी मुख्य अभिनेताकी प्रेमिकाको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।