आज २०७७ साल वैशाख १ गते । नेपालीहरूको नयाँ वर्ष कोरोना भाइरसका कारण गरिएको लकडाउनमा नै सीमित हुने भएको छ । नयाँ वर्षको दिन नेपालका चर्चित हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीको आज जन्मदिन  परेको छ । कोरोना कहरका बिच उनले आफ्नो जन्मदिन घरमै मनाउँदै छन् । यसै गरी चर्चित हास्य कलाकार शिवहरि पौडेलको पनि आज जन्मदिन परेको छ । दीपक, शिवहरिका साथमा नेपाली फिल्म इन्डस्ट्रीका निकै सफल र दर्शकको मनमा बस्न सफल अभिनेता दयाहाङ राईको पनि आज जन्मदिन परेको छ । तिनै नेपाली रजतपटका हस्तीले लकडाउनका बिच घरमै परिवारका साथ जन्मदिन मनाउँदै छन् । आ-आफ्नो कलाकारिता क्षेत्रमा छुट्टै नाम र पहिचान बनाउन सफल तिनै जनालाई जन्मदिनको शुभकामना । सबैको स्वास्थ्य र सम्वृद्धिको लागी कामना !!