पछिल्लो समय नायिका तथा भलिबल खेलाडी सिपोरा गुरुङ चर्चामा छिन् । लामो समय अघि उदिप श्रेष्ठको प्रेममा रहेकी उनको उदिपको विवाह अभिनेत्री आँचल शर्मासँग भएपछि चर्चामा आएकी हुन् । यति बेला अमेरिकामा रहेकी सिपोराले विश्वकै शक्तिशाली देशमा रहेर पनि असुरक्षित महसुस गरिरहेको बताएकी छिन् । कोरोना भाइरसले विश्वलाई नै कायल बनाइरहँदा सबै भन्दा धेरै मानवीय क्षति व्यहोरेको देश हो अमेरिका । लाखौँ सङ्क्रमित भएका छन् भने २२ हजार बढिले ज्यान गुमाइसकेका छन् । यसै बिच आफ्नो सामाजिक सञ्जालमा चिन्तित भावको स्ट्याटस राख्दै सिपोराले आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुस गर्नु आफैँमा विडम्बना हो ।भने छिन् । उनी लेख्छिन्, '‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुस गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटौँ ।’ उनले व्यक्तिगत स्वार्थबाट उठेर सिङ्गो मानव-सभ्यताको रक्षाका लागि लागौँ भन्दै नयाँ वर्षको शुभकामना पनि दिएकी छिन ।