बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड नेपाली चलचित्र पासवर्ड युट्युबमा सार्वजनिक भएको छ । सम्राट बस्नेतको निर्देशन रहेको अनुपविक्रम शाही स्टारर चलचित्र 'पासवर्ड' सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । अनुपविक्रम शाहीका साथमा विक्रम जोशी (विक्की), बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रलाई विक्रम जोशीले निर्माण गरेका हुन् । एक्सन, थ्रीलर र सस्पेन्स जनरामा निर्माण भएको चलचित्रलाई औसत प्रतिक्रिया मिलेको थियो ।

यस चलचित्र ओएस्आर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ । लकडाउनको बेला दर्शकलाई घरमा नै बसेर मनोरञ्जन प्रदान गर्न एक पछि अर्को नयाँ नेपाली चलचित्र युट्युबमा सार्वजनिक भइरहेका छन् ।