चलचित्र ‘खैला बैला’को निर्माण घोषणा गरिएको छ । चलचित्रलाई नेत्र गुरुङले निर्देशन गर्ने छन् । यस अघि चलचित्र ‘नाइके’ निर्देशन गरेका थिए । निर्देशक गुरुङले फेसबुकमा नयाँ वर्षको शुभकामना सहित चलचित्रको निर्माण घोषणा गरेका हुन् । उनका अनुसार चलचित्रको लागि अहिलेसम्म कोही कलाकार पक्का भएका छैनन् अडिसन गरेर नै चलचित्रमा कलाकारहरू छानिने छन् । चलचित्रमा नयाँ तथा पुराना पुस्ताका कलाकारहरू देखिने बताएका छन् । कलाकार र प्राविधिकको छनोटपछि चलचित्रको औपचारिक निर्माण घोषणा गरिने छ । ‘खैला बैला’ यसै वर्ष निर्माण हुने छ भने रिलिज बारे अहिले केही बताइएको छैन । निर्देशक गुरुङकै कथा तथा पटकथा रहने यस चलचित्र ‘नेत्र इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण हुनेछ ।