नायिका बेनिशा हमाल मार्च १८ तारिखमा भारतबाट नेपाल आएकी थिइन् । कोरोनाको त्रास र महामारी बढिरहेका बेला नेपाल आएकी उनी पेप्सीकोला स्थित  सनसिटी अपार्टमेन्टमा बस्दै आएकी छिन् । फुपू र भाइसँग बस्दै आएकी उनले आफूले सुरुको १४ दिन सेल्फ क्वारेन्टाइन राखिन् । त्रास र जोखिम कायम भए पनि आफू र परिवार सुरक्षित भएकोमा उनी ढुक्क थिइन् । तर उनको मनमा तब ढ्याङ्ग्रो ठोक्यो जब सनसिटी अपार्टमेन्टमा नै बस्दै आएका दुई जनालाई कोरोना सङ्क्रमण देखियो । बेनिशा सनसिटी अपार्टमेन्टको ‘ब्लक जे’ मा बस्छिन् । अपार्टमेन्टभित्रै सङ्क्रमण देखिएपछि फेरि त्रास उत्पन्न भए पनि सङ्क्रमित परिवार र बेनिशा बस्ने ब्लग फरक हो ।

अपार्टमेन्टभित्रका सबैले सामान किन्ने पसलहरु लगभग एउटै भएकाले पनि जोखिम बढी भएको र यसमा निकै डर लागेको उनले बताएकी छिन् । अपार्टमेन्टलाई पूर्णपुरमा ‘सिल’ गरिएको छ । त्यहाँ बसोबास गर्ने हरेकको कोरोना टेस्ट गर्ने तयारी समेत गरिएको छ । आफ्नै ठाउँमा कोरोना सङ्क्रमण देखिएपछि अझ बढी चिन्तित बनाएको बताएकी छिन् । उनले आफू बरु भोकै बस्ने तर बाहिर ननिस्किने बताउँछिन् । उनले पहिला भन्दा अब झनै सतर्क हुनुपर्ने समेत बताएकी छिन् । उनले आफ्नो सामाजिक संजाल बाट आफु र आफ्नो परिवार सुरक्षित भएको जानकारी दिएकी छिन् ।