राष्ट्रिय तथा अन्त राष्ट्रिय अवार्ड हात पार्न सफल चलचित्र 'बुलबुल' अब घरमै बसेर हेर्न पाइने भएको छ । अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहेको चलचित्र डिश होममा रिलिज हुने भएको हो । यही शुक्रवार ५ गतेबाट डिशहोमको च्यानल नम्बर १०८ मा २२५ रुपैयाँ तिरेर चलचित्र हेर्न सकिनेछ । विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुसाल , बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रले एउटी विवाहित महिलाको एक्लोपनको कथा बोकेको छ ।