बलिउड चर्चित अभिनेत्री सन्नी लिओनी फिचर्ड नेपाली चलचित्र सोमवार युट्युबमा रिलिज गरिएको थियो । कोरोना भाइरसको प्रभावको न्यूनीकरणको लागी जारी गरिएको लक डाउनका कारण कोही पनि घर बाहिर निस्किन पाएका छैनन् । घरमा बस्दाको समयमा दर्शकले मनोरञ्जन लिन पाउन भन्ने आशयका साथ एक पछि अर्को नयाँ चलचित्र युट्युबमा सार्वजनिक गरिएको छ । सोमवार रिलिज गरिएको सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र रिलिजको दुई दिनमा नै ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।

यति बेलासम्म चलचित्रलाई १३ लाख बढिले हेरिसकेका छन् भने ३२ सयले प्रतिक्रिया दिएका छन् । यसलाई ३१ हजारले मन पराएका छन् । हलमा औसत प्रतिक्रिया पाएको यस चलचित्रले युट्युबमा पनि मिश्रित प्रतिक्रिया पाएको छ । चलचित्रमा अनुपविक्रम शाहीका साथमा विक्रम जोशी (विक्की), बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रलाई विक्रम जोशीले निर्माण गरेका हुन् ।