कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनको तेस्रो हप्ता सकिइसकेको छ । चौथो हप्तामा प्रवेश गरेसँगै जनजीवन झान प्रभावित भइरहेको छ । यसले सम्पूर्ण क्षेत्र सुनसान र उपलब्धि विहीन बनेको छ । यो समयमा कमै परिवारसँग समय बिताउने नेपाली चलचित्र क्षेत्रका सबै कलाकारहरू घरमै परिवारसँग रमाइरहेका छन् । नेपाली फिल्म इन्डस्ट्रीका चक्लेटी हिरो आर्यन सिग्देल पनि आफ्नो परिवारका साथ आफ्नै स्थायी निवास थानकोटमा छन् । लकडाउनको समय परिवारसँग आफ्नो मन लागेको काम गरेर बिताइरहेका आर्यनले खेतमा काम गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा उनले खेत खनिरहेका छन् भने पृष्ठभूमिमा उनको आमालाई देख्न सकिन्छ । आफ्नी आमासँग काम गर्न पाउँदा देखिन्छन् भने उनले तस्बिरबारे बोल्दै 'ममीसँग काम गर्दै छु । तपाईँहरू आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनुहोस् ।' लेखेका छन् ।