नायिका नम्रता सापकोटा केही समय गुमनाम भइन् । उनी पर्दामा नदेखिएको लामो समयपछि चलचित्र 'डेसान'मा काम गर्न लागेकी थिइन् । लकडाउन अगाडि उनी त्यस चलचित्रको छायाङ्कनमा व्यस्त थिइन् । कोरोनाको सङ्क्रमणबाट जोगिन र फैलिन नदिन जारी गरिएको लकडाउनले लामो समयपछि चलचित्रमा काम गर्न पाएको खुसीलाई केही समयको लागी स्थगन गरिदियो । चलचित्र ‘डेसान’को छायाङ्कन रोकिएपछि उनी घरमै छिन् । उनी आफ्नो स्वास्थ्यमा खुबै ध्यान दिने गर्छिन् भने यसको लागी  जिम तथा खानेकुरामा खुबै ध्यान दिन्छिन् । लकडाउनले  उनको नियमित तालिकामा असर पारेको छ । नियमित जिम र अन्य तालिकामा बदलाव आएपछि उनलाई मोटाउने चिन्ता परेको छ । उनले आफू लकडाउन सुरु भएपछि तीन केजी मोटाएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।