राष्ट्रिय तथा अन्त राष्ट्रिय अवार्ड हात पार्न सफल चलचित्र 'बुलबुल' शुक्रवार डिशहोमको च्यानल नम्बर १०८ मा प्रदर्शन सुरु भएको छ । कोरोना कहरले घरमै बस्नु पर्ने बाध्यता भएका बेला दर्शकले घरमै बसेर मनोरञ्जन लिन सकुन् भन्ने उद्देश्यले डिशहोममा प्रदर्शन सुरु गरिएको चलचित्र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हेरेका छन् । उनले सपरिवार 'बुलबुल' हेरेको र आफूलाई मन परेको बताएका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्विटरमा एक स्टयाटस पोस्ट गर्दै 'लकडाउनको वेला लामो समयसम्म घर परिसरमै बन्दी भएर बस्नुपर्दा  मानसिक तनाव र अन्य स्वास्थ्यजन्य समस्या पैदा हुने हुँदा आआफ्नो रुचि परिवेश अनुसार विविध गतिविधि गरिरहनुपर्ने मनोविज्ञान वेत्ताहरू बताउँछन्! त्यसै मेसोमा आज नेपाली फिल्म 'बुलबुल' सपरिवार हेरियो!सबै हिसाबले उत्कृष्ट रहेछ है!' भनेका छन् ।

विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुसाल , बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रले एउटी विवाहित महिलाको एक्लोपनको कथा बोकेको छ । बुलबुल डिशहोमको च्यानल नम्बर १०८ मा २२५ रुपैयाँ तिरेर हेर्न सकिन्छ ।