अभिनेत्री करिश्मा मानन्धर समय समयमा मिडियामा छाइरहन्छिन् । आफ्ना अभिव्यक्ति का कारण चर्चामा आउने करिश्मा यस पटक सामाजिक कार्य गरेका कारण चर्चामा आएकी छिन् । उनले छिमेकमा डेरा गरी बस्ने आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गरेकी छिन् । उनले नुन, दाल, चामल जस्ता दैनिक उपभोग्य आवश्यक खाद्यान्न करिश्माले वितरण गरेकी हुन् । यस्तै उनले टौखेल वरपर डेरा गरी बस्ने आवश्यक परेका काठमाण्डौं बाहिरकालाई सम्पर्क गर्न आग्रह गरेकी छिन् । उनले शुक्रवार बिहान पनि आफूले केही व्यक्तिलाई सहयोग गरेको र तयारी पुरा गरी नसकेकाले केही यसै फर्काउनु परेकोमा आफू दुखित भएको तर यस क्रमलाई भोलि पनि निरन्तरता दिने बताएकी छिन् । साथै आफ्नो घर वरिपरि रहेका आवश्यक परेकालाई सहयोग गर्न अनुरोध समेत गरेकी छिन् ।