नेपालमा जारी लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएको छ । यसले दैनिक काम गरेर जीविका चलाउने देखी मध्यम वर्गका मानिसलाई निकै समस्या परेको छ । यस समस्यालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रबाट अप्ठेरोमा परेकालाई सहयोग गर्दै आइरहेका छन् । यसमा नेपाली कलाकार पनि अग्र स्थानमा छन् । चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई पनि चलचित्र कर्मीहरूले सहयोग गरिरहेका छन् । यो काममा नेपाली फिल्मका एक्सन स्टार बिराज भट्टले कोरोना भाइरस रोकथामका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको खबरले केही दिनयता सामाजिक सञ्जाल खुबै तातेको छ । यो खबर साँचो या झुटो यकिन भने भएको थिएन । किनभने बिराज स्वयंले यो खबर सार्वजनिक गरेका थिएनन् । यति बेला बिराज आफैले अहिलेसम्म आफूले कुनै आर्थिक सहयोगको घोषणा नगरेको ब ताएका छन् ।
यसबारे उनले भनेका छन्, 'सामाजिक सञ्जालमा मैले ८ लाख दिन लागेको भन्ने हल्ला फैलिएको रहेछ । त्यो हल्ला कसले फैलायो मलाई थाहा भएन । तर, मैले कोरोना रोकथामका लागि अहिलेसम्म आर्थिक सहयोग दिने घोषणा गरेको छैन ।'