नेपाली हास्य व्यङ्ग्यको क्षेत्रका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । 'मह' जोडीका 'म' अर्थात् मदन कृष्णले आज आफ्नो ७० औँ जन्मदिन मनाउँदै छन् । लकडाउनका कारण घरमै रहेका मदन कृष्णले आज आफ्नो जन्मदिन परिवारसँग मनाउँदै छन् । हास्य व्यङ्ग्यको क्षेत्रका निकै सम्माननीय र कलाका धनी उनलाई बिहानै देखी जन्मदिनको शुभकामना दिनेको लर्को लागेको छ । उनलाई बिहानै 'मह'को 'ह' हरि वंश आचार्यले बिहानै सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिएका छन् । केही समय देखी पार्किन्सन्स को बिरामीका बावजुत पनि उनी निरन्तर अभिनय र कलाकरीतामा लागिरहेका छन् । सु-स्वास्थ्यको कामना सहित सबै नेपालीको मनमा बस्न सफल कलाकारिताका अभिभावक मदन कृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना!!